मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके प्रहरीले ५००० ट्याबलेट लागु औषध ट्रामाडोल सहित तिन जना भारतीय नागरिक पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन १८ । बाँके प्रहरीले ५००० ट्याबलेट लागु औषध ट्रामाडोल सहित ति जना ब्यक्तिहरु पक्राउ गरेकाे छ ।इलाका प्रहरी कार्यालय जयसपुर बाँकेबाट खटिएकाे प्रहरी टाेली प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको  UP 40R7145 नंम्बरको मोटरसाईकल शंका लागेपछि चेक जाँच गर्दा   प्रतिबन्धित लागू औषध ट्रामाडोल ५०० पत्ता (५००० ट्याब्लेट) फेला पारी नियन्त्रणमा लिई काे कुरा बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक दिपक पातलीले जनाएका छन ।

    प्रहरी निरिक्षक पातलीका अनुसार पक्राउ पर्ने भारत कलकत्ता घर भई हाल जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० बस्ने बर्ष २४ को नफिस अहमद कबडिया  भारत कलकत्ता घर भई हाल जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० ट्राफिक चोक बस्ने बर्ष ३८ को जियाउल शेष र  भारत जगोर घर भई जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० ट्राफिक चोक बस्ने  सद्दाम सैयाद समेत ३ जना नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जनाएका छन ।

  • १८ फाल्गुन २०८१, आईतवार १०:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित