एजेन्सी । बादल पड्किएर आएको बाढीले सिक्किममा ठूलो क्षति पु¥याएको छ । बादल फुट्दा टिष्टा नदीमा बाढी आएको छ । यस बाढीमा सेनाका २३ जना सैनिक बेपत्ता भएको बताइएको छ । उत्तर सिक्किमको ल्होनाक तालमा बुधबार अचानक बादल पल्टिएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा बाढी आएको थियो। उपत्यकाका केही सैनिक शिविर प्रभावित भएका छन् ।
यस अवधिमा सेनाका २३ सैनिक बेपत्ता छन् । सैनिकको खोजी सुरु गरिएको छ । गुवाहाटीका डिफेन्स पीआरओले चुङ्थाङ बाँधबाट पानी छोडेपछि डाउनस्ट्रीममा पानीको सतह एकाएक १५ देखि २० फिटसम्म उचाइमा पुगेको बताए । जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाका गाडी डुबानमा परेका छन् ।