काेहलपुर बैशाख १६ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले बालिकाको करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका-८ का ३२ वर्षीय यौसोदा बुढा र बाँकेको डुडुवा गाउँपालिका-२ का २३ वर्षीय रिकमाया योगी रहेका छन्।प्रहरीका अनुसार, यौसोदा बुढाले बैजनाथ गाउँपालिका-८ मा १३ वर्षीया बालिकामाथि करणी गरेको र रिकमाया योगीले डुडुवा गाउँपालिका-२ मा १३ वर्षीया अर्की बालिकामाथि करणी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। यौसोदा बुढालाई मिति २०८२/०१/०९ गते र रिकमाया योगीलाई मिति २०८२/०१/०६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।घटनाको अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ।