मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कञ्चनपुरमा ठूलो परिमाणमा लागुऔषध बरामद
  • मार्गरेखा संवाददाता

  • कञ्चनपुर असार ७ । कञ्चनपुरमा ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको छ । लागुऔषध ब्युरोले पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट २७३.२६ ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

    विशेष सूचनाका आधारमा लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) केशव जोशीको कमान्डमा खटिएको प्रहरी टोलीले दार्चुलाको महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरा र पुनर्वास नगरपालिका–६ ङ गाउँका ५० वर्षीय दीपक विष्टलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सम्राट होटलको कोठामा शंकास्पद रूपमा बसेका उनीहरूको साथमा चेकजाँच गर्दा महराको झोलाभित्र सेतो प्लास्टिकमा बेरिएको पाँचवटा पोका खैरो हिरोइन फेला परेको थियो ।

    उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

  • ७ असार २०८२, शनिबार १२:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित