मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड बढी भ्रष्टाचार गरेको भन्दै पशुपतिका सदस्य सचिव थापासहित १४ जनाविरुद्ध मुद्दा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ, असार ८ गते । १० करोड ३३ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

    पशुपतिमा विद्युतीय शव दाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    आयोगले मुद्दा दर्ता गरेकोमा तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा‍. घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनी रहेको छ ।

  • ८ असार २०८२, आईतवार २०:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित