नेपालगञ्ज, असार १८ । नेपाली कांग्रेसका पूर्व सभापति तथा नेपालका पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली कांग्रेस बाँकेद्वारा आयोजित बृक्षाराेपन कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत चिल्ड्रेन पार्क पार्क (वाटर पार्क नजिक), सम्पन्न गरेकाे छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल्यमा आधारित रहेर आयोजित वृक्षारोपण कार्यक्रमले स्व. कोइरालाको योगदानलाई स्मरण गर्दै वातावरण संरक्षणतर्फ पनि सन्देश दिने उद्देश्य राखिएको आयोजकले जनाएका छन्।
कार्यक्रमका सहभागीहरूले कोइरालाको योगदान प्रति श्रद्धा व्यक्त गर्दै देशको विकासमा वृक्षारोपणजस्ता अभियानले पनि ठूलो भूमिका खेल्ने कुरामा जोड दिएका थिए।