मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मध्यपश्चिम क्लबद्धारा मेयर तथा उप–मेयरलाई ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • मध्यपश्चिम क्रिकेट क्लब बाँकेले कोहलपुर नगरपालिकाका मेयर तथा उप–मेयरको ध्यानाकर्षण गराएको छ ।

    आईतबार क्लबका पदाधिकारी सहितको टोलीले कोहलपुर नगरपालिकाका प्रमुख तथा उप–प्रमुखलाई भेट गरि ध्यानाकर्षण पत्र बुझाएका हुन । कोहलपुरमा पछिल्लो समय क्रिकेट खेलप्रतिको गतिबिधी सुस्ताउँदै गएको प्रति दुःख ब्यक्त गर्दै तत्काल मेयर कप तथा उप–मेयर कप संचालन गरिनुपर्ने क्लबद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

    क्लबका वरिष्ठ सल्लाहकार तथा नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान लेखबहादुर क्षेत्री, क्लबका अध्यक्ष दिपेन्द्र थापा, अन्तराष्ट्रिय स्कोरर तथा क्लबका कोषध्यक्ष होमेन्द्र क्षेत्री लगाएतको टिमले नगरपालिका कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र हस्तान्त्रण गरेका थिए । ध्यानाकर्षणपत्र बुझ्दै नगरपालिकाका मेयर लुटबहादुर रावतले स्थानिय स्तरबाट क्षमतावान खेलाडी उत्पादन गर्ने कार्यमा क्लबले महत्वपूर्ण योगदान पुर्याउँदै
    आएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

    रावतले खेल क्षेत्रको समग्र विकासका लागि नगरपालिकाले आगामी दिनमा ठोस योजनाहरु ल्याउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन । त्यसैगरी उप–मेयर सञ्जुकुमारी थारुले खेल क्षेत्रबाट नै युवा युवतीहरुलाई सकारात्मक बाटोतर्फ डोर्याउन सकिने भएकाले आफु त्यस तर्फ गम्भीर रहेको धारणा राखेकी थिईन ।

    उक्त क्रममा पूर्व राष्ट्रिय क्रिकेट टिम कप्तान समेत रहेका लेख बहादुर क्षेत्रीले कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले स्थानिय स्तरबाटै पहल गरेको खण्डमा मैदान निर्माण सम्भव भएको भन्दै त्यसतर्फ पहल गरिदिन
    नगरपालिका कार्यालयलाई आग्रह समेत गरेका थिए ।

  • २९ आश्विन २०७४, आईतवार २०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित