मानव स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत पुर्याउने उद्देश्यले कोहलपुर नगरपालिका वडा नं. ५ मा साताव्यापी निशुल्क योग शिविर सञ्चालन गरिएको छ ।
सोमबार शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले योगको माध्यमद्वारा मानव स्वास्थ्यलाई सन्तुलित राख्न योग साधनको महत्व अहम हुने बताइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी थारुले योग साधनाले व्यक्तिलाई धेरै संयम राख्ने र स्वास्थ्यलाई रोगमुक्त राख्न पनि त्यत्तिकै महत्व राख्ने धारणा राखिन् ।
शिविरमा १ सय जनाले एक सातासम्म निशुल्क योग साधना र योगाअभ्यास गर्नेछन् । शिविर पछि वडामा योगको महत्व र सचेतना बृद्वि हुने अपेक्षा राखिएको छ ।