मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा निर्वाचनको तयारी पूरा, सुरक्षा अवस्था कडा ।३ लाख ३८ हजार ९ सय ५३ मतदाता सहभागी हुँदैछन्।
  • मार्गरेखा संवाददाता

  •  

    दाङः मंसिर २० / भोलि मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दाङ जिल्लाको सम्पूर्ण तयारी पूरा भएको भएको छ। दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनका लागि गर्नु पर्ने सबै तयारी पूरा भएको जानकारी दिनु भएको छ।

    तीन निर्वाचन क्षेत्र रहेको दाङमा १ सय ५१ मतदानस्थलमा ३९४ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता परिचय पत्रका वितरणको काम पनि आज साँझसम्म सकिनेछ।

    ्मुलुक संघीय संरचनामा गएपछि हुन लागेको पहिलो निर्वाचनमा मतदान गर्न मतदाताहरु उत्साहित भएका छन्। भोलि हुने निर्वाचनका लागि मतदाताहरु बिहान ७ बजेको समयको प्रतिक्षा गरिरहेका छन्। ्

    यता, जिल्ला सुरक्षा संयन्त्र दाङले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत पारिएको जनाएको छ। संघीय इकाइ प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एसएसपी दिलिपकुमार चौधरीले जिल्ला–जिल्लामा सुरक्षा निकायहरुको व्यापकरुपमा परिचालन गरिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरी मतदाता र मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाइएको छ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले भोलि मंसिर २१ गते हुने निर्वाचन ऐतिहासिक दिन भएको भन्दै बेलुका ७ बजेपछि मात्रै सार्वजनिक यातायाताका साधनहरु सञ्चालन हुने जनाएको छ। निर्वाचनका दिन जिल्ला प्रशासन कार्यालयबाट अतिआवश्यक बाहेक अनुमति लिएका सवारी साधानमात्रै सञ्चालन गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधबार राति १२ बजेसम्म सम्बन्धित गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउनका लागि यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ।

    यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले निर्वाचन अवधिभर जिल्लामा विशेष सुरक्षा योजना लागू भएको भन्दै आज (बुधबार) बेलुका ७ बजेपछि होहल्ला र समूहगत रुपमा हिडडुल नगर्न आम जनसमुदायमा आग्रह गरेको छ।

    जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले सुरक्षा अबस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनु भएको छ। उहाँका अनुसार निर्वाचन अवधिभर जिल्लामा मादक पदार्थ विक्रि वितरण गर्ने गरेको पाइएमा कानुन अनुसार कारबाही हुनेछ।

    मंगलबारमात्रै जिल्लामा दुई दर्जन बढी व्यवसायीहरुलाई मदिरा विक्रि वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ। ्

    भोलि हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङमा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता सहभागी हुँदैछन्।

  • २० मंसिर २०७४, बुधबार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित