मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई लाख घूससहित मातपोत कार्यालय सुर्खेतका दुई खरिदार पक्राउ
  • मार्गरेखा संवाददाता

  • सेवाग्राहीबाट लिएको दुई लाख घूससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले मालपोत कार्यालयका दुईजना खरिदारलाई दुई लाख घूससहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदी रहेको सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

    सेवाग्राहीबाट घूस लिएको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

    उनीहरुले एक जना सेवाग्राहीको मोही वापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख दिएको र उक्त काम छरितो गरिदिने भन्दै दुई लाख घूस लिएका थिए ।

    उक्त घूस बाँड्ने क्रममा उनीहरुलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

  • २७ चैत्र २०७४, मंगलवार १९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित