शरद रेग्मी
दाङ भदौ ९
पछिल्लो समय बाताबरण प्रदुसन भैरहेको जनगुनासो र त्यसको प्रभाब प्रत्यक्षरुपमा देखिन थालेपछि विभिन्न सरोकारवालाहरुले नियन्त्रणका उपाएहरु अपनाउन थालेका छन । स्थानीय तहहरुले समेत बाताबरण समरक्षणमा चासो दिन थालेकाछन भने सामाजिक सघ सस्थाहरुले उनिहरुलाई सहयोगी को भुमिका खेलेका छन ।
यसै क्रममा लायन्स क्लब अफ दाङले तुलसीपुर स्थित त्रीसिद्वेश्वेरी मन्दिर को प्राङ्गणमा रुद्राक्ष ,कपुर र तुलसि लगायतका बिरुवा लगाएको छ ।
क्लबका अध्यक्ष उमेश चन्द्र मजगैयाको अध्यक्षतामा भएको बृक्षारोपन कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देबराज धिताल,लायन्स क्लब डिष्ट्रिकका प्रमुख सल्लाहकार बिनोद कुमार श्रेष्ठ ,सङघका पुर्व अध्यक्षहरु ललितजङग शाह,गणेश अधिकारी ,टेकन प्रसाद कडेल,रोटि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ ,तुलसिपुर नगर बिकास समितिका अध्यक्ष यज्ञबहादुर केसि,लगायतकाले आगामि दिनमा लायन्स क्लब अफ दाङको सामाजिक क्षेत्रमा हुने हरेक काममा आफुहरुको महत्त्वपूर्ण भुमिका र सहयोग हुने बताएका थिय ।
कार्यक्रममा मन्दिर लाई सफा राख्न सहयोग पुग्ने भन्दै क्लबले चार थान डष्टबिनसमेत हस्तान्तरण गरेको थियो । क्लबका नया सदस्यहरु सुर्य प्रसाद शर्मा,बिरेन्द्र महरा ,गनेश अधिकारी ,प्रमोद बस्नेत र लोकबहादुर बिष्टलाई प्रमानपत्र सहित अन्तर्रा्ष्ट्रिय पिनले स्वागत गरिएको कार्यालय सचिव निमकान्त लामिछानेले जानकारी दिनुभएको छ ।
mmmmmmmmmmmmmmmmmmmmm
शान्ति समाज दाङ को कार्यालय स्थापना ।।
तुलसीपुर, ९ भदौ । मानवअधिकार तथा शान्ति समाज दाङको कार्यालय स्थापना गरीएको छ । तुलसीपुरको वीपी चोकमा एक कार्यक्रमका विच २१ बर्ष पछि समाजले पहिलो पटक आफ्नै कार्यालय स्थापना गरेको जिल्ला सभापति शरद रेग्मीले जानकारी दिनुभएको छ । शान्ति समाजको कार्यालय नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले बोर्ड स्थापना गर्नुभएको हो । यस अघि शान्ति समाजको कार्यालय नहुदा झोलाबाट कार्यालय सञ्चालन गर्नु पर्ने वाध्यात्म अवस्थाको अत्य भएको बताएको छ ।
कार्यालय स्थापना संगै कार्यालयमा एउटा दराज समाज सेवि ध्रुव गौतमले सहयोग गर्नुभएको छ । कुनै पनि गैरसरकारी संस्थाहरुबाट आर्थिक सहयोग नलिने तर शान्ति समाजका सदस्यहरु र शुभेच्छुक हरुबाटको सहयोगमा मात्र हरेक कार्यक्रम हरु सचनलन गर्ने केन्द्रीय नीति भएकोहुदा शान्ति समाजलाई समाज सेविहरुले सहयोग गरेकोमा अध्यक्ष रेग्मीले धन्यवाद दिनुभयो ।