मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शिक्षकले अब राजनीति गरे जागिर फुत्किने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । अब कुनै पनि शिक्षकले राजनीति गरे जागिर फुस्किने भएको छ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको हो । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आएपनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन ।

    नेपाली राजनीतिक सशक्त बनाउने काम नै विद्यालयका शिक्षकले गर्दै आएका थिए । कतिपय नेताहरु पूर्व शिक्ष्क हुन् । तर अहिले भने तिनै नेताहरुले राजनीति गर्ने शिक्षकलाई हटाउने योजना बनाइरहेका छन् ।

    सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति पदाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

    उक्त विषय सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा पनि उल्लेख छ ।

    पुस ५ गते बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सबै सरोकारवालासँग दुई दिने राष्ट्रिय सम्मेलन गरेपछि आयोगले पुस २२ गतेभित्र पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

  • ४ पुष २०७५, बुधबार १०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित