मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु ५ जना घाइते
  • मार्गरेखा संवाददाता

  • डाेटी कात्तिक १९ । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

    मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीया राधिका हमाल, ३२ वर्षकी धनसोभा बुढा,  धनसोभा बुढाको ६ वर्षका छोरा कबिन्द्र बुढा र सोही वडाका बिमला मलालकी ८ वर्षीया छोरी प्रार्थना मलाल रहेका छन् ।

    दुर्घटनामा घाइते हुनेमा बाजुराकै हिमाली गाउँपालिका वडा नम्बर ५ का  ३० वर्षीया प्रकाश बुढ्थापा, वर्ष २३ का खोम बहादुर मलाल, वर्ष २४ का दान बहादुर बुढा, वर्ष २१ की बिमला मलाल र वर्ष २१ का राज बहादुर मलाल रहेका छन् ।

    घाइते मध्ये राज बहादुर मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  केआईसिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका ६ मा जिप दुर्घटना भएको थियो । ग २ च २७७६ नम्बर बोलेरो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएको र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

  • १९ कार्तिक २०८०, आईतवार ११:३२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित