मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवा गाउँपालिकाले भुकम्प पिडितलाई राहत पठायाे
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), २१ कात्तिक । जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ ।
    भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
    अध्यक्ष चौधरीका अनुसार चामल १५० बोरा, दाल २० बोरा, खाने तेल ३० पेटी, नुन ६ बोरा, सोयविन २० बोरा, डसना ३०० थान, तकिया ३०० थान, कम्बल १५० थान पठाइएको छ । उक्त राहत सामाग्री जाजकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुलाई आज विहान पठाइएको गाउँपालिकाका जिन्सी शाखा प्रमुख ऋषिराज गौतमले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका दुई जना प्राबिधिक विरु चौधरी र भियम्स चौधरीलाई पठाइएको छ ।
    राहतका लागि पठाइएको सामाग्री गएराती मध्यरातसम्म तयारी गरि विहान एक वटा ट्रकमार्फत पठाइएको गाउँपालिका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार भुकम्पपीडितका लागि जाजरकोट र रुकुमपश्चिमका एक सय ५० पीडित परिवारलाई राहत उपलब्ध गराइने छ ।
    गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स समेत पठाएको छ । गाउँपालिकाले शनिबार दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताउनुभयो । एम्बुलेन्सले अहिले घाइतेको उद्धार, आफन्तलाई सेवा दिइरहेको छ ।

     

     

     

     

     

  • २१ कार्तिक २०८०, मंगलवार १७:३२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित