मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा आगलागी हुँदा एक घरका ४ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • गुलरिया, मंसिर ९ गते / बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

    गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर मा मंसिर ८ गते करिब १० बजे रातिकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । मृत्यु हुनेमा ७ बर्षिय क्रिस चन्द, करिब १८ महिनाका कार्तिक चन्द, ३२ बर्षिय राधा बुढा र १० बर्षिय मानसिङ बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

    राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरिलाई जानकारि गाएका थिए ।

    आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको समेत प्रहरीले बताएको छ ।

    आगलागीको घटना बारे अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारि दिएकाे छ ।

  • ९ मंसिर २०८०, शनिबार ०५:०९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित