मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे बैजनाथ गाउँपालिकाको पशु सेवा शाखा कार्यालयले नयाँ भवनकाे उद्घाटन
  • मार्गरेखा संवाददाता

  • मंसीर १९ बैजनाथ बाँके ।बाँकेकाे बैजनाथ गाउँपालिकाको पशु सेवा शाखा कार्यालयले नयाँ भवन  ४९ लाख रुपैयाँकाे लागतमा ५ कोठे भवन निर्माण कार्य सम्पन्न भएको छ ।   बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उक्त भवनको मंगलबार  बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गरेका छन । उद्घाटन समाराेहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले  भवनलाई पशु अस्पतालको रुपमा विकास गर्ने स्थानीय सरकारको भावी रणनीति रहेको उनले बताए । उक्त भवनको गाउँपालिका अध्यक्ष शाहीले शिलान्यास गरेका थिए ।भवन उद्घाटन कार्यक्रममा अध्यक्ष शाहीसँगै उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत विश्वराज खनाल, वडाअध्यक्ष देवबहादुर रावत र प्रेमबहादुर शाही, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्य, योजना शाखा प्रमुख डोटी नेपाली, पशु विकास शाखा प्रमुख खड्गबहादुर सिंह, कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

  • १९ मंसिर २०८०, मंगलवार २२:१० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित