मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता मेहरसिंह खत्री निर्विरोध निर्वाचित
  • मार्गरेखा संवाददाता

  •  मंसिर २५ ।  नेपालगन्ज : बाँके जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता मेहरसिंह खत्री निर्विरोध निर्वाचित भएका छन् । उनीसहित ११ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

    जिल्ला बारको उपाध्यक्षमा डा. कौशलकुमार बर्मा, सचिवमा जयप्रसाद पौडेल र कोषाध्यक्षमा भिमबहादुर शाही निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीका अनुसार बारको महिला सदस्यमा मीरा ददेल तथा सदस्यहरुमा दामोदर भट्ट, चाहना शाह, जमालुद्दिन अन्सारी, शक्तिसिंह हमाल, रामनाथ साहु र किशोरबहादुर थापा निर्विरोध निर्वाचित भए ।

    निर्वाचन समितिले सोमबार बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारहरुको प्रकाशित नामावली उपर दावी विरोध गर्न पाउने समय तोकेको थियो । यस्तै सोमबार अपरान्ह ४ बजेसम्म उम्मेदवारहरुको नाम फिर्ता लिने समय तोकिएकोमा उक्त समयभित्र कसैको दावी विरोध पर्न नआएको तथा कुनैपनि उम्मेदवारहरुले आफ्नो उम्मेदवारीबाट नाम फिर्ता समेत नलिएकोले पूर्व प्रकाशित उम्मेदवारहरुको प्रथम नामावली अनुसार नै अन्तिम नामावली प्रकाशित गरिएको प्रमुख निर्वाचन अधिकृत रेग्मीले जनाएका छन् ।

    सबै पदहरुमा आवश्यक संख्या भन्दा बढी उम्मेदवारहरुको दरखास्त पर्न नआएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उनले बताए  । 

  • २५ मंसिर २०८०, सोमबार २१:५१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित