मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ट्याक्टर दुर्घटना श्रीमान-श्रीमतीसहित ५ जनाको मृत्यु, ९ घाइते
  • मार्गरेखा संवाददाता

  • प्रहरीका अनुसार दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो।

    यस्तै भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, सार्की वाडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। बुधबार राति सवा १० बजे दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको शवलाई नगर अस्पतालमा ल्याइएको छ।

    दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की , वडा नम्बर ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ , ५१ वर्षीय जगबीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन रहेका छन्।

    घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको प्रहरीले जनाएको छ।

  • ५ पुष २०८०, बिहीबार ०८:३८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित