मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवाका माताहत कार्यालयको सिसिटिभीमार्फत निगरानी
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके) ५ पुस । बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
    उहाँका अनुसार पालिकाले “सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम”मार्फत ति कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरियता, गतिविधीको अवस्थाबारे जानकारी र सुरक्षाको अवस्थाको निगरानी गरिनेछ ।
    डुडुवा–३ बनकट्टीस्थित पालिकाको प्रशासनिक कार्यालय भवनमा इन्टरनेटसहितको प्रविधी जडान गरि सबै कार्यालयहरुमा सिसिटिभी क्यामरा जडान गरेर पालिका अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानी गरिएको छ । यो प्रर्णालीले सबै कार्यालयमा इन्टरकम फोन, इन्टरनेट र सिसि क्यामरामार्फत फुटेज समेत हेर्न सकिने पालिकाका सूचना प्रविधी अधिकृत सुरेश बर्माले बताउनुभयो ।
    उहाँका अनुसार पालिकामा आइटीको सर्भरसहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ । यो प्रर्णालीले वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
    यो प्रर्णाली लागु भईसकेपछि समयमा कार्यालय खुल्ने र बन्द हुने, सबै कर्मचारीहरु समयमा आउने, सेवग्राहीलाई समयमा सेवा दिनेलगायतको सेवाको प्रभावकारिता बढने पालिका अध्यक्ष चौधरीको भनाई छ ।
    उहाँका अनुसार पालिकाको सबै कार्यालय तथा इकाईमा विस्तारै यो प्रर्णाली थप विस्तार गर्ने योजना रहेको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रर्णाली लागु गरिएको छ ।

  • ५ पुष २०८०, बिहीबार १४:३५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित