मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको तयारी तिव्र
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ।नेपालगन्जमा हुन लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको तयारी तिव्र गतिमा अगाडी बढिरहेको छ ।
    महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष महिला उद्यमीहरुको उत्पादित वस्तुहरुलाई बजारीकरण गर्न र उद्यमता तर्फ विकास गराउन मेलाको आयोजना गर्ने गरेको छ । महिला उद्यमी प्रोत्साहनको लागि महिला उद्यमीहरुले गर्न लागेको प्रदेश स्तरीय प्रदर्शनी मेला यसपटक पुष २४ गतेदेखि २४ गते सम्म नेपालगन्जमा हुदैछ ।

    नेपालगन्ज बागेश्वरी मन्दिर परिसरको पार्कमा हुन लागेको प्रदर्शनी मेलालाई भव्य रुपमा आयोजनाको लागि विभिन्न उप–समिति गठन गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा बस्नेतले बताईन । उनले भनिन,‘हामी तयारीमा जुटिरहेका छौं । विगतमा जस्तै यसपटक पनि ग्रामिण स्तरमा महिलाहरुले उत्पादन गरेका वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ । त्यसलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर काम गरिरहेका छौं । सबैले आ–आफनो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ ।’

    संघको बैठकले महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहलाई प्रदर्शनी मेला संयोजकको जिम्मेवारी दिएको छ । यसैगरीबैठकले वविता मैनालीको संयोजकत्वमा स्वागत सत्कार तथा आवास उप–समिति गठन गरिएको छ । समितिको सदस्यमा सुशिला राणा, सुनिला बराल र गीता प्रसाई रहेकी छिन् ।
    नितु चन्द शाहको संयोजकत्वमा स्टल व्यवस्थापन उप–समिति, सरिता शाक्यको संयोजकत्वमा सचिवालय तथा सञ्चार उप–समिति गठन गरिएको छ । जसको सदस्यमा आभा गौतम रहेकी छिन् । शशी स्वाँरको संयोजकत्वमा आर्थिक उप–समिति, संघको पुर्व अध्यक्ष सरस्वती शर्माको संयोजकत्वमा जिल्ला समन्वय समिति, अन्जु गुरुङको अध्यक्षतामा मञ्च व्यवस्थापन उप–समिति गठन गरिएको छ । जसको सदस्यमा सुस्मा सुवेदी र कमला टण्डन रहेकी छिन् ।
    प्रदर्शनी मेला संयोजक रेवती सिंहले बाँकी रहेकी अन्य उप–समितिहरु विस्तार गदै काम गरिरहेको बताईन । उनले भनिन,‘केहि उप–समितिहरु गठन गर्न बाँकी छ । कार्यसमितिको बैठकले आवश्यकता अनुसार क्रमश अन्य उप–समितिहरु गठन गर्दै जानेछ ।’
    महिला उद्यमी संघ नेपाल बाँकेले एक दशक अघिदेखि महिलाहरुलाई उद्यममा प्रोत्साहन गर्नको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गदै आएको छ । जसअन्तर्गत संघले हरेक वर्ष महिलाहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी मेला गर्ने गरेको छ । जहाँ हरेक वर्ष विभिन्न उत्पादन र वस्तुहरुको बिक्री वितरण गर्ने गरिएको छ ।
    महिलाहरुले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामाग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाले महत्वपुर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेतले बताईन् । उनले भनिन,‘हाम्रो मेला अन्य भन्दा केहि पृथक छ । हामी नाफा कमाउने उद्देश्यले मेला गदैनौं । महिला व्यवसायिहरुलाई कसरी उद्योग, व्यवसायमा सक्रिय बनाउन सकिन्छ भनेर काम गछौं । उनीहरुका समस्याहरु समेत उजागार गरेर समाधान गर्ने प्रयास गछौं ।’

  • ५ पुष २०८०, बिहीबार १४:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित