मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालकुमारीमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • अर्का एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छन्। अन्य आधा दर्जन बढी घाइते भएको प्रहरी प्रवक्ता कुवेर सिंह कडायतले जानकारी दिएका छन्।

    यद्देपि प्रहरीले युवाको मृत्युबारे केही जानकारी गराएको छैन।

    प्रहरीले स्थिति सामान्य बनाउन केही सेल अश्रुग्यास र गोली प्रहार गरेको थियो। केही प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।

    शु्क्रबार अपरान्ह मन्त्री ज्वाला सवार गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए। आगजनीका कारण मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा नष्ट भएको छ ।

    प्रदर्शनकारीहरूले केहि सार्वजनिक सवारी साधानमा समेत तोडफोड गरेका छन् । गाडीमा आगजनी गर्ने केहिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।

    प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो । विभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

  • १३ पुष २०८०, शुक्रबार १४:४६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित