मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा सिद्धार्थ विद्या सदनको दोस्रो जित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १३ पुष ।सिद्धार्थ विद्या सदनले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ ।
    शुक्रबार नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सिद्धार्थले नेपालगन्ज मोडेल एकेडेमीलाई ९६ रनले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा १ सय ६० रन बनाएर अलआउट भएको थियो । टोलीका लागि आर्यन गुप्ताले २५ रन, सुमित नाँउले २१ रन, रियाजुदिन खानले १९ रन बनाए ।
    नेपालगन्ज मोडेलका समिर बस्नेत, अनुप बर्मा र रितेश ठकरीले २–२ विकेट लिए । जवाफमा नेपालगन्ज मोडेलले ११ ओभरमा ६५ रनमात्र बनाउन सक्यो । टोलीका लागि सुमित विष्टले १२ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।
    सिद्धार्थका सुमित नाँउले ३ विकेट, प्रशान्त तामाङ र रितेश ठकुरीले २–२ विकेट लिएका थिए । खेलमा सिद्धार्थका सुमित नाँउ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले पुरस्कृत गरेका थिए ।

    ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।
    ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
    यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
    प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
    प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।

     

     

     

  • १३ पुष २०८०, शुक्रबार १९:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित