मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुम पूर्व : चक्कु देखाएर महिलामाथि लुटपाट
  • मार्गरेखा संवाददाता

  • रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१४ मा एक महिलामाथि लुटपाट भएको छ ।

    हिजो बुधवार राति कोल गाउँकी ३६ वर्षीया हिरादेवी घर्तीमाथि लुटपाट भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । गाउँमा सञ्चार सुविधा नभएको र आज बिहीवार घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका निकायलाई जानकारी गराएको समेत उहाँले बताउनुभयो ।

    घरमा एक्लै सुतिरहेको अवस्थामा चक्कु देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कानबाली लुटेर लगेका छन् । आफूमाथि आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरू भागेका पीडित घर्तीेले बताउनुभयाे । आफ्नो दुवै कान च्यातेर दुई तोलाको कानबाली लुटेको उहाँकाे भनाइ छ ।

    यस घटनाको विषयमा पीडित घर्तीका श्रीमान् विक्रमले अस्थायी प्रहरी पोस्ट कोलमा निवेदन दिनुभएको छ । उहाँले घरमा एक्लै भएको मौका पारेर आएका लुटेराहरू चाँडाे भन्दा चाँडाे पत्ता लगाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

  • १४ भाद्र २०८०, बिहीबार १८:५९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित