मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटना स्थलमा ज्यान गएको छ । उनीहरूको नाम र पहिचान हुन सकेको छैन ।

    उहाँका अनुसार घटनाको बिस्तृत विवरणका लागि प्रहरी हवलदार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । प्रहरीका अनुसार अन्दाजी सडकबाट जिप ३ सय मिटर तल खसेको थियो ।

  • १७ भाद्र २०८०, आईतवार १४:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित