मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लगातार हाई आउनु गम्भीर रोगको संकेत पनि हुनसक्छ
  • मार्गरेखा संवाददाता

  • उनीहरु भन्छन्, ‘हाई आउनुको सम्वन्ध मस्तिस्क, मुटु फोक्सोमा हुने समस्या सहित अन्य विभिन्न रोगको संकेत पनि हुनसक्छ ।’  आखिर के कारणले आउने रहेछ त बढी हाई ? आउनुस् एक पटक थाह पाउने कोसिस गरौँ ।

     

    १. मुटुमा समस्या :  धेरै हाई आउने व्यक्तिलाई मुटुमा समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन धेरै मिहनेत गर्नुपर्छ । त्यस्तो बेलामा छिन छिनमा हाई आउछ । कहिलेकाँही यस्तो अवस्था आईरहँदा हृदयघात समेत हुनसक्छ ।

    २. थाइराइडमा समस्या : छिन छिनमा हाई आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हार्मोन कम भयो भने पनि यस्तो असर देखिन सक्छ ।

    ३. नशामा समस्या : हाम्रो शरीरको नशामा समस्या अर्थात नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउदा होस गरौँ ।

    ४. निन्द्राको समस्या :  निन्द्रा पुरा भएन भने वा स्लीप एप्निया नामक डिअर्डर भएका व्यक्तिलाई पनि असामान्य रुपमा धेरै हाई आउने समस्या देखिन्छ ।

    ५. शक्तिमा कमी : शरीरमा शक्ति कम हुँदा थकाई लाग्छ । यस अवस्थामा शरीरमा इनर्जी लेभल बढाउन धेरै अक्सिजन चाहिन्छ । यसैले पनि बढी हाई आउछ ।

     

    ६. औषधिको साईडइफेक्ट : कतिपयलाई औषधिको साइड इफेक्टले पनि बढी हाई आउने गरेको पाइन्छ ।

    ७. फोक्सोमा समस्या : ब्रेनमा अक्सिजनको मात्रा कम र कार्वनडाईअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाई बढी आउछ । जसले गर्दा ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निक्लन्छ ।

    ८. तनाव : कतिपय अनुसन्धानको दावी छ कि तनाव बढ्दा मस्तिस्कको तापक्रम बढ्छ । यसले पनि हाई अलि बढी आउछ । यसरी हाई आउदा मस्तिस्कमा धेरै अक्सिजन आउछ र दिमाग ठंडा हुन्छ ।

  • १७ भाद्र २०८०, आईतवार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित