मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा (एमाले) लुम्बिनी अधिवेशन : ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३६४ जनाको उम्मेदवारी
  • मार्गरेखा संवाददाता

  • रुपन्देही । नेकपा एमाले लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुँदैछ । जसका लागि लुम्बिनी प्रदेश कमिटीको पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको हो ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा निवर्तमान अध्यक्षसहित पाल्पाका राधाकृष्ण कँँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ । यस्तै, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै अनुप बराल र बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन् ।

    यस्तै, सचिव पदका लागि दुईजनाको उम्मेदवारी परेको छ । जसमा दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् । महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन् भने पुरुषतर्फ एक उपसचिवका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसीले उम्मेदवारी दिएका छन् ।

    शनिबारदेखि सुरु भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, एमाले लुम्बिनीमा दुई समूहबीच सहमति जुट्न नसकेको हो । लुम्बिनीको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा देखिएको छ । अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ ।

  • १८ भाद्र २०८०, सोमबार १५:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित