मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कैलालीमा डेढ किलो चरेससहित ४ जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • कैलालीमा करिब डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् ।

    सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले एक किलो तीन सय ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको डीएसपी विश्वकर्माले बताए ।चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १९ भाद्र २०८०, मंगलवार १०:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित