मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महसुस हुने काम गर्नुहोस् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी
  • मार्गरेखा संवाददाता

  • दाङ,२० भदौ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिएका छन । उनले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन नहुने भन्दै कागजी प्रगति भन्दा पनि महसुस हुने प्रगति अहिलेको आवश्यकता रहेको बताए । हामी प्रतिसतको काममा अल्झिएका छौ, उनले भने, कर्मचारी साथीहरुले त्यता तिर पनि ध्यान दिनुुस । कार्यसम्पादन र गुणस्तरमा ध्यान दिन समेत उनले निर्देशन दिए ।
    प्रदेशले गौरवको रुपमा लिएको कार्यक्रम मुख्यमन्त्री आर्थिक विकास कार्यक्रको छलफल कार्यक्रममा कर्मचारीहरुलाई मुख्यमन्त्रीले यस्तो निर्देशन दिएका हुन । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले नयाँ रोजगार सृजना गर्ने कार्यक्रम मात्रै सन्चालन गर्ने र त्यहि अनुसार योजना र नीति बनाउन निर्देशन समेत दिए ।
    उनले उत्पादनसंग जोडेर कार्यक्रमहरु सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्न आग्रह गरे । उनले यसका लागि आबश्य विज्ञहरुको व्यवस्थापन गर्न समेत निर्देशन गरे । प्रदेशलाई आर्थिक समृद्धि तर्फ लैजाने र नागरिकलाई रोजगारीमा जोडने मुख्यध्यय सरकारको रहेको भन्दै त्यसतर्फ नै केन्द्रित रहन उनको आग्रह थियो । स्थानीय उत्पादहरुलाई बजारीकरण गरी स्थानीय स्तरमा रहेका जनताको जिवनतर परिवर्तन गर्न सकने गरी काम गर्न आग्रह गरे । लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामाग्रीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउने गरि योजना बनाउनु पर्ने बताए ।
    कृषिमा नयाँ पद्दति र नयाँ व्यवसाय र व्यवसायीकरणलाई प्राथमिकता दिने गरि समेत सरकारले कार्यक्रम ल्याउने बताए ।

  • २० भाद्र २०८०, बुधबार १७:४८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित