मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तस्करीको सामान छुटाउने क्रममा झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते
  • मार्गरेखा संवाददाता

  • बाँकेको नेपालगञ्जमा तस्करीको सामान छुटाउने क्रममा झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । त्यस्तै स्थानीय एक जना पनि घाइते भएका छन् ।

    सशस्त्र प्रहरीकाे नं ३० बागेश्वरी गण बाँकेमा भएकाे झडपका क्रममा ढुंगामुढा हुँदा सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका हुन् । यस्तै ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा बाँके उपमहानगरपालिका- १४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थिए ।उनका अनुसार सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका- १६ चौलिका चोकबाट गएराति नं ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो । हार्डवेयरका ती सामानको पूरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिएको थियो ।

    तर, भन्सार छलीका उक्त सामान फिर्ता पाउनुपर्छ भन्दै सामान ल्याउने व्यक्ति र स्थानीय बासिन्दा गरी १२० जना भेला भएर गणमा हुलहुज्जत गरेका थिए । सो क्रममा उनीहरुले ड्युटीमा खटिएका सशस्त्र प्रहरीसँग सामान खोसेर लैजान खोजेका थिए ।

    तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बीओपी जयसपुरबाट खटिएको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई फिर्ता पठाएको थियो । तर, सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे गणमा आई ड्युटीमा रहेका प्रहरीमाथि ढुंगामुढा हुँदा दुई पक्षबीच झडप भएको थियो ।

    सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

  • १५ भाद्र २०८०, शुक्रबार १३:१२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित