मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्तमान गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री
  • मार्गरेखा संवाददाता

  • भदाै २५   विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता साझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ ।

    आज विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गर्नुभएको हो ।

    प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरू पनि यहाँ आइपुग्नुभएको छ ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ ।

    सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

  • २५ भाद्र २०८०, सोमबार १८:०३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित