मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड रकम माग्ने कोर टिमको नाम सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड रकम माग्ने ‘कोर टिम’को नाम सार्वजनिक गरेका छन् ।

    सांसद रहेकै बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रकम डिल गरेको अडियो लिक भएपछि कारबाहीमा परेका श्रेष्ठले आफूसँग मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने पार्टीको ‘कोर टिम’को नाम सार्वजनिक गर्ने बताएका थिए ।स्पेस फोरके टेलिभिजनसँगको अन्तरवार्तामार्फत श्रेष्ठले रास्वपाका कोर टिमको नाम सार्वजनिक गरेका हुन् । श्रेष्ठले अन्तरवार्तामा भनेका छन्– ‘रास्वपा सरकारमा सहभागी हुने क्रममा तपाईं मन्त्री बन्दै हुनुहुन्छ तीन करोड तयार पार्नुहोस् भन्दै केन्द्रीय सदस्य मोहनजंग थालाले डिल गरेका थिए ।’ थापा सभापति रवि लामिछानेका अति निकट व्यक्ति हुन् ।

    मोहनजंगहितको टिमले ३ करोड डिल गरेको भन्दै श्रेष्ठले थपे– ‘उहाँहरूले खुलस्त भन्नु भएको  हो, तपाईं दाउरा सुरुवाल लगाएर रेडी हुनुहोस्, आफन्तहरुलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ लिनेवाला छ । ढुक्क हुनुहोस् मन्त्री बन्नु भयो तपाईँ । तर, त्यसका लागि हामीलाई ३ करोड चाहिन्छ । पार्टीलाई सहयोग गर्नु पर्छ भनेर मलाई माग्नु भयो ।’मन्त्रिपरिषद् विस्तार नहुँदासम्म थापाको टिमले बारम्बार ३ करोड रकम मागेको भन्दै उक्त संवादको रेकर्ड दूरसञ्चारबाट निकाल्न सकिने समेत श्रेष्ठले बताएका छन् । त्यति मात्र नभएर मन्त्रीका लागि

    भएको डिलको म्यासेजसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरेका छन् ।

    मन्त्रीका लागि मोहनजंगको टिमले सुरुमा तीन करोड मागेको भए पनि अन्तिममा दुई करोड ५० लाखमा कुरा मिलेको समेत बताएका श्रेष्ठले आफू मन्त्री बन्नेमा ढुक्क भएको समेत बताएका छन् ।

    मन्त्री बन्नका लागि दुई करोड ५० लाख चाहिने तर आफूसँग पचास लाख मात्रै भएका कारण त्यो समयमा दुर्गा प्रसाईँसँग सहयोग मागेको समेत उनले स्वीकार गरेका छन् । तर, सुरुमा प्रसाईँ आफैले आवश्यक परे सहयोग गर्नु भनेका कारण आफूले उनीसँग यति रकम आवश्यक छ सहयोग गर्नुस् भनेर कुरा गरेको उनले बताएका छन् ।

    अमेरिका बस्दै आएका मोहनजंग थापा सभापति लामिछानेका अति नजिकका व्यक्ति हुन् । लामिछाने र थापाबिच पारिवारिक सम्बन्ध रहेको छ ।

  • २५ भाद्र २०८०, सोमबार १८:२७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित