मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कम निन्द्राले मस्तिष्कका नसाहरु बिग्रन्छ, रातभर जाग्राम बस्नेहरु सावधान
  • मार्गरेखा संवाददाता

  • एजेन्सी ।    भर्खरै  गरिएको एक अध्ययन अनुसार कम सुत्ने वा रातभर जाग्राम बस्ने मानिसको मस्तिष्कका स्नायु कमजोर हुनका साथै मस्तिष्कमा पनि क्षति पुग्न सक्छ ।

    स्वस्थ रहनका लागि पर्याप्त मात्रामा निद्रा लिनु अति आवश्यक छ ।  कम निद्राले स्वास्थ्यलाई धेरै किसिमले हानि पुर्‍याउँछ।  निद्राको कमीले तपाईंको मेटाबोलिज्मलाई असर गर्छ र साथै मोटोपन र चाउरीपना निम्त्याउँछ।  अमेरिकन केमिकल सोसाइटीको प्रोटोम रिसर्च जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कम निन्द्रा वा रातभर जाग्राम बस्ने मानिसको मस्तिष्कमा क्षति पुग्न सक्छ।

    मस्तिष्क स्नायु कमजोर हुन सक्छ

    लामो समयसम्म जागा रहनु वा निद्रा नपुग्दा मस्तिष्कका स्नायु कमजोर हुने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।  यस्तो अवस्थामा मस्तिष्कमा क्षति पुग्न सक्छ ।  अन्वेषकहरूका अनुसार मस्तिष्कमा प्लियोट्रोफिन नामक तत्व पाइन्छ, जुन निद्राको कमीले प्रभावित हुन्छ।  यस्तो अवस्थामा पर्याप्त निन्द्रा लागेन भने स्मरणशक्ति नियन्त्रण गर्ने भाग हिप्पोक्याम्पसको नसा कमजोर हुन थाल्छ ।  यस्तो अवस्थामा कुनै पनि कुरा सम्झन सक्ने क्षमतासँगै भविष्यमा मस्तिष्कमा क्षति पुग्ने सम्भावना पनि बढ्छ ।

  • २५ भाद्र २०८०, सोमबार २०:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित