मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधान दिवसको अवसरमा दिने विभूषण वितरण स्थगित गर्ने सरकारको निर्णय
  • मार्गरेखा संवाददाता

  • आजको मन्त्रीपरिषद बैठकको निर्णयमा भनिएको छ- संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने ।

    विभूषणका लागि अयोग्यहरूले प्रभावका आधारमा मरिहत्ते गर्ने, विभूषित हुनुपर्नेहरूले भने त्यसको ओजलाई नै ‘सस्तो’ ठान्ने अवस्थाबीच हरेक चरणको विभूषण वितरण आलोचित हुँदै आएको छ । अब त्यसलाई नीतिगत रूपमै सच्याउन मन्त्रिपरिषद निर्णयबमोजिम तत्कालै सुझाव कार्यदल गठन गरिने जानकारी गृहमन्त्रालयको उच्च स्रोतले दिएको छ ।

  • २९ भाद्र २०८०, शुक्रबार २०:५१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित