मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानी निशुल्क व्यवस्था
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, असोज २ । नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सिद्धार्थ बैंकको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।
    नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुद्ध पिउने पानीको शुभारम्भ गर्नुभएको हाु्े । बसपार्कमा दैनिक सयौं यात्रुहरुको आवतजावत हुने भएकाले उनीहरुको सुविधाका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले नगरका अन्य स्थानमा पनि यसअघि शुद्ध पिउने पानीको व्यवस्था गरिएको बताउँदै आवश्यकताका आधारमा अन्य क्षेत्रमा पनि व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, सिद्धार्थ बैंकका लुम्बिनी प्रदेश प्रमुख उपेन्द्र गर्तौला र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका दिलबहादुर थापाले निःशुल्क पिउने पानीको व्यवस्थाले सर्वसाधारण लाभान्वित हुने बताउनुभयो ।

    सिद्धार्थ बैंकले खानेपानी मेसिन उपलब्ध गराएको छ भने शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सले यसको रेखदेख, संरक्षण, सरसफाई र व्यवस्थापन गर्नेछ ।

  • २ आश्विन २०८०, मंगलवार १४:२६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित