मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकाले २०० जना विरामीलाई फलफूल बितरण गदै संबिधान दिवस मनायाे
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, असोज ३ । संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आज भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसंगको समन्वयमा फलफूल वितरण गरेको हो ।

    फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकांक्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास ब्यक्त गर्नुभयो । संविधानको अक्षरशः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उहाँहरुको भनाई छ ।
    फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायत उपस्थित हुनुभएको थियो ।
  • ३ आश्विन २०८०, बुधबार १२:२६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित