मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसको महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म गर्न प्रस्ताव
  • मार्गरेखा संवाददाता

  • असाेज ४ ।   काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने प्रस्ताव आएको छ।

    पार्टी कार्यालय सानेपामा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने गरी प्रस्ताव आएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

    बैठकमा महामन्त्री गगन कुमार थापाले अहिलेसम्म भइगरेका कार्यक्रमहरुको समिक्षाका बारेमा समिक्षात्मक प्रतिवेदन पेश गरेका थिए। बैठकमा पार्टीका उपसभापति समेत रहेका कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले सरकारको गतिविधिका बारेमा जानकारी गराएका थिए।

    संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाई छ। बिहीबार बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।
    कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने विश्वकर्माले जानकारी दिए।

  • ४ आश्विन २०८०, बिहीबार २१:२६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित