मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे राप्तीसोनारी कमैयाडाडामा वर्थिङ सेन्टर संचाल
  • मार्गरेखा संवाददाता

  • गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आज उद्घाटन गरेका हुन्  ।

    उद्घाटन  गर्दै राप्ती साेनारी गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले गाउँपालिकाका ९ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने बताए ।

    कमैयाडाडामा वर्थिङ सेन्टर संचालनमा आएपछि त्यसक्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगन्ज आउनु पर्ने बाध्यताको अन्त्य हुने भएकाे छ ।

     

    योसँगै पालिकाका ७ स्थानमा वर्थिङ सेन्टर संचालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघिनै वर्थिङ सेन्टर संचालनमा आइसकेका छन् ।  कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडाअध्यक्षहरु शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाह लगायतले वर्थिङ सेन्टर संचालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गरेका थिए ।

    २६ लाख २४ हजार ९ सय ५८ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए । उनले वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीहरुलाई सेवा लिन सहज भएको बताए। नेपाल रेडक्रस सोसाइटीको २४ लाख र पालिका र वडा कार्यालयको करिव एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि संचालनमा ल्याइएको छ ।

    आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाईकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी छन् । तर वर्थिङ सेन्टर संचालनपछि भने जनशक्तिको अभाव हुने  जनाएका छन ।

  • ८ आश्विन २०८०, सोमबार २१:५५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित