मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भेरी अस्पतालले लक्षित वर्ग र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ५० वटा मेडिकल शैया निःशुल्क
  • मार्गरेखा संवाददाता

  • ???????????????????

    असाेज १२ नेपालगन्ज ।  नेपालगञ्जस्थित भेरी अस्पतालले आजदेखि बिरामीलाई ५० शैया निःशुल्क गरेको छ ।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार कुल शैयाको १० प्रतिशत शैया विरामीका लागि निःशुल्क गरिएको बताए । प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा. पवनजंग रायमाझीले भेरी अस्पतालमा हाल रहेको १ सय ६० शैयामध्ये लक्षित वर्ग र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ५० वटा मेडिकल शैया निःशुल्करुपमा उपलब्ध गराइएको जानकारी दिए ।

    अस्पतालले इमरजेन्सीका सम्पूर्ण बेड पनि निःशुल्क गरेको जनाएको छ । अस्पतालले हालसम्म बिरामीसँग साधारण शैयाको एक सय रुपैयाँ शुल्क लिने गरेको छ । अस्पतालसँग हाल १० वटा आइसियु शैया छन् । अस्पतालमा हाल ४ वटा भेन्टिलेटर छन् ।

  • १२ आश्विन २०८०, शुक्रबार १५:४९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित