मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ
  • मार्गरेखा संवाददाता

  • असोज १२ गते   सुनसरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई

    सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो ।

  • १२ आश्विन २०८०, शुक्रबार १८:२४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित