मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१०० रुपैयाँ भन्दा बढीको सामानको भन्सार गराउन संघले १५ असोजमा जमुनाहा नाकामा सहायता कक्ष स्थापना गर्दै
  • मार्गरेखा संवाददाता

  • असाेज १३ ।  नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा नाकामा १०० रुपैयाँ बढीको सामान आयातमा हुने चेकजाँचलाई सघाउन नेपालगन्जको जमुनाहा नाकामा हेल्प डेस्क (सहायता कक्ष) राख्ने भएको छ ।
    संघले शुक्रबार दिउँसो नेपालगन्जमा प्रशासन, सुरक्षा अधिकारी, उपभोक्ता, उद्योगी, व्यवसायीलगायत सरोकारवाला निकायबीच छलफल कार्यक्रम आयोजना गरेर सीमा नाकाको चेकजाँचलाई सघाउन हेल्प डेस्क स्थापना गर्न लागेको अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो ।
    कार्यक्रममा उहाँले भन्नुभयो, ‘सीमा नाकामा १०० रुपैयाँभन्दा माथिको सामान आयात गर्दा भन्सार शुल्क लाग्ने नेपाल सरकारको नियम कार्यान्वयन गर्न हामीले सहयोग गर्नेछौं । सीमामा उपभोक्तालाई परेको असहज परिस्थितिमा पनि सहजीकरण गर्नेछौं ।’
    अध्यक्ष धामीले आगामी १५ असोज सोमबारको दिन सहायता कक्ष स्थापना गर्ने कार्यक्रममा सहभागी हुन बाँकेका सम्पूर्ण उद्योेगी व्यवसायी, देशभक्त नागरिकहरुलाई पनि सहभागी हुन आव्हान गर्नुभएको छ ।
    सो छलफल कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरु इन्दिराकुमारी शाही, बुद्धिबहादुर विके, व्यवसायीहरु श्यामसुन्दर अधिकारी, फडाधर भण्डारी, इँटा व्यवसायी देवबहादुर ओली, मो.सफिक बागवान, खेम विष्टलगायत बाँकेका डेढ दर्जन बढी उद्योगी व्यवसायीहरुले खुला सीमा नाका, सीमा नाकाबाट हुने क्यारिङ र बजार अनुगमनका कारण भोग्नु परेको समस्याबारे सरकारी अधिकारीलाई ध्यानाकर्षण गर्नु भएकोे थियो ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख सुदीशकुमार अर्याल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय  नेपालगन्जका प्रमुख विष्णुप्रसाद धितालले उद्योगी व्यवसायीका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
    प्रजिअ आचार्यले छलफल कार्यक्रमबाट सरकारी निकायले गर्नुपर्ने काममा भएको ग्याप र त्रुटि सच्चाउन मद्दत मिलेको बताउनु भयोे । उहाँले बाँकेको सीमा नाकाको ६६ किलोमिटर क्षेत्रफलमा सशस्त्र प्रहरी बलका ८ वटा वीओपीबाट पनि राम्र्रो सुरक्षा प्रदान भइरहेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ क्यारिङको ठूलो समस्या रहेछ । त्यसको नियन्त्रण गर्न कसैलाई मुद्दा चलाएर र कसैलाई सम्झाएर पठाएका छौं । अब नेपालगन्जका व्यवसायीले क्यारिङको सामान नबेच्नुस् । त्यस्तो सामान आउँदा प्रहरी प्रशासनलाई खबर गर्नुस् ।’ उद्योगी व्यवसायीले भने झैं अनुगमनका नाममा जरिवाना मात्र तिराउने काम नभएको उहाँको जिकिर थियो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी बल, नेपाल गण हेडक्वाटर नं.३०, महेन्द्रनगर बाँकेका प्रहरी उपरीक्षक रमेशविक्रम शाही, नेपालगन्ज भन्सार कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज (वितरण केन्द्र)का सरकारी कार्यालयका अधिकारी लगायत संघका बहालवाला र पूर्व पदाधिकारी, कार्य समिति सदस्यका साथै ठूलो संख्यामा उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियोे । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता तथा कार्यवाहक महासचिव टेकबहादुर खड्काले सहजीकरण गरेको छलफल कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।

  • १३ आश्विन २०८०, शनिबार १०:५८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित