मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नगर प्रहरीले अनुशासित, मर्यादित र जिम्मेवारपूर्ण तरिकाले काम गर्नु पर्नेकोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य
  • मार्गरेखा संवाददाता

  •   असाेज १४ काेहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन दिनुभएको छ । कोहलपुर नगरपालिका नगर प्रमुख तथा उपप्रमुखबाट कोहलपुर नगर प्रहरी कर्मचारीलाई निर्देशन सम्वोधन कार्यक्रममा नगर प्रमुख आचार्यले कसैको दवावमा परेर काम गर्नुभन्दा पनि स्थानीय प्रहरी ऐनद्धारा निर्दिष्ट व्यवस्थालाई टेकेर काम गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो । ‘नगर प्रहरी स्थापनापछि अहिलेसम्म नगर प्रहरीले अनुशासित, मर्यादित र जिम्मेवारपूर्ण तरिकाले काम गरेको पाइएको छ उहाँले भन्नुभयो–‘नगर प्रहरी कोहलपुरबासीको लागि ‘मेरो प्रहरी हो’ भन्ने भावना स्थापित हुने गरी काम गर्नुस् । राजनीतिक गन्ध कतैबाट पनि नपरोस् र पर्नु पनि हुँदैन । प्रहरी ऐनले निर्दिष्ट गरेको काम जिम्मेवारी निर्वाह गर्नुस् । कसैको दवावमा काम गर्न आवश्यक छैन ।’ कोहलपुर नगरपालिका व्यवस्थापन र संस्थागत सुशासनमा नगर प्रहरीले ठूलो भूमिका निर्वाह गरेको पनि उहाँको भनाइ छ । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले नगर प्रहरीले कुनै पनि प्रलोभनमा नपरेर काम गरिरहेको भन्दै यसलाई सधैं कायम राख्न निर्देशन दिनुभयो । बजार व्यवस्थापन, न्यायिक समितिका निर्णय कार्यान्वयन, विपद व्यवस्थापन लगायतका सवालमा नगर प्रहरीले महत्वपूर्ण काम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगर प्रहरीले नगरबासीको सेवाका निमित्त इमान्दार भएको काम गर्नुपर्ने बताउनुभयो । सत्यम, सेवा सुरक्षणमको मूलमन्त्रलाई व्यवहारिकरुपमा कार्यान्वयन गरेर अघि बढ्न उहाँले निर्देशन दिनभयो । नेपाल प्रहरीबाट भर्ना छनौंट भइ तालिम प्राप्त कोहलपुर नगर प्रहरीमा प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वमा २३ जना जनशक्ती छन् । नगर प्रहरीले बजार व्यवस्थापन, सार्वजनिक सम्पतीको संरक्षण, अतिक्रमण नियन्त्रण, सफा, स्वच्छ तथा हरित नगरको निर्माण, सुरक्षा व्यवस्थापन, सामाजिक विकृति नियन्त्रण, न्यायिक समितिको निर्णय कार्यान्वयन र विपद् व्यवस्थापन लगायतका कामलाई प्राथमिकता दिएर काम गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका निर्माणका लागि नगर प्रहरीले काम गरिरहेको पनि थापाले जानकारी दिनुभयो । उहाँले कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउन नगरबासीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने काम नगर प्रहरीले गरिरहेको बताउनुभयो । उहाँले अहिलेसमम ९७८ वटा होडिङ वोर्ड तथा फ्ल्यास वोर्ड नियन्त्रण गरी ४९ जनालाई कारवाही गरिएको र त्योबाट १ लाख ७ हजार ८६० रुपैयाँ राजश्व संकलन भएको पनि जानकारी दिनुभयो । त्यसैगरी फुटपाथ तथा ठेला व्यवस्थापनमा १४१ जनालाई कारवाही गरी ७० हजार ५०० जरिवाना गरिएको पनि जानकारी दिनुभयो । नगर विकास क्षेत्रका मापदण्ड विपरीतका ४४० वटा ट्रष्ट हटाइएको छ ।
  • १४ आश्विन २०८०, आईतवार १३:१५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित