मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा जारी रहेकाे कर्फ्यु आंशिक रुपमा हटाईयाे
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १८ असाेज ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा ३ दिन देखि  लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

    कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

  • १८ आश्विन २०८०, बिहीबार ०८:४६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित