मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको राप्तीसोनारी गाउँपालिकामा  ऐलानी जग्गाको निस्सा वितरण गरी नापजाँच सुरु
  • मार्गरेखा संवाददाता

  • बाँकेको राप्तीसोनारी गाउँपालिकामा  ऐलानी जग्गाको निस्सा वितरण गरी नापजाँच सुरु गरेको छ ।

    राप्तीसोनारीले भूमि आयोगको सहयोगमा वडा नम्बर ४ राजपुर टोलका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेर जग्गाको नापजाँच सुरु गरेको हो ।

    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले ऐलानी जग्गाको कित्ताकाट र नक्सांकन कार्यको औपचारिक सुरुवात गरेका थिए ।  अध्यक्ष पौडेलले सबै वडाका जनतालाई लालपूर्जा दिनसके अहिलेको जनप्रतिनिधिको निकै ठूलो उपलब्धि हुने बताउँदै भने, ‘कुनै ठाउँमा समस्या आए तत्काल वडा र पालिकाले सहजीकरणमार्फत समस्यालाई सुल्झाइन्छ र काम अगाडि बढाइन्छ । उक्त वडाका वडाध्यक्ष मिनराज खड्का (सन्तोष), राप्तीसोनारी गाउँपालिका अन्तर्गत भूमि आयोगका अमिन शेरबहादुर रोका नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज वरिष्ठ सई लक्ष्मीप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सचिव होम सूर्य केसी लगायतको उपस्थिति रहेकाे थियाे ।

    राप्तीसोनारीले जग्गा नापजाँच गर्दा आइपर्ने समस्या समाधानका लागि एउटा टिम समेत बनाएको छ । वडा अध्यक्ष खड्काको संयोजकत्मा वडा सदस्यहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि गरी ११ सदस्यीय सहजीकरण समिति निर्माण गरिएको छ ।

    यसअघि पनि राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरेको थियो । पालिकाले यस अघि वडा नम्बर १ मा गाउँ ब्लक जग्गा  अन्तर्गत  ४७ घरधुरीलाई लालपूर्जा वितरण गरेको थियो ।

    वडा कार्यालयले पालिका अध्यक्ष पौडेल, नापी कार्यालय बाँकेका प्रमुख सहदेश सुवेदी लगायतको उपस्थितिमा स्थानीय बासिन्दालाई लालपूर्जा वितरण गरेको थियो भने अन्यलाई पनि लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ ।

    उक्त जग्गाको लालपूर्जाका लागि २०७२ सालदेखि प्रक्रिया अघि बढाइएको थियो । सबै प्रक्रिया पूरा गरेर नापीले स्थानीय वासिन्दालाई उक्त जग्गाको पूर्जा दिएको हो । त्यस्तै राप्तीसोनारीको वडा नम्बर ३ मा पनि निस्सा वितरण सुरु गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ३ मा मात्रै भूमिहीन दलित २६, भूमिहिन सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । उनीहरुका लागि निस्सा वितरणको काम सुरु भएको राप्तीसोनारीले जनाएको छ ।

  • २४ आश्विन २०८०, बुधबार १७:०६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित