मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
  • मार्गरेखा संवाददाता

  •  विराटनगर असाेज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।

    प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्।

    मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

    तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए ।

    सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’

    मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए ।

    कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी भएन । र, कार्की बहुमतको सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए ।

  • २७ आश्विन २०८०, शनिबार १०:३५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित