मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोसीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, पक्षमा ८६ र विपक्षमा ५ मत
  • मार्गरेखा संवाददाता

  • मत दिन्न भन्ने पक्षमा शून्य मत प्राप्त भएको छ।

    उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्।  गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

    मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) भने तटस्थ बस्यो।

    कोसी प्रदेशसभामा एमालेका ४०,कांग्रेसका २९,नेकपा माओवादी केन्द्रका १२,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

    कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन्।

    कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्

  • १ कार्तिक २०८०, बुधबार १६:४२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित