मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काठमाण्डाै महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डंगोल
  • मार्गरेखा संवाददाता

  • काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।

    शनिवार काठमाण्डौमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि याे योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

    उहाँले काठमाण्डाै महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को ‘क्रिएटिभ सिटिज नेटवर्क’मा महानगरपालिकालाई चिनाउन ‘क्रिएटिभ सिटिज अफ फिल्म’ भनेर ‘प्रपोजल’ पठाएको र ‘प्रपोजल’को नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताउनु भयो ।

    उहाँले काठमाण्डाैको सुन्दरता, कलाकृति, सम्पदा र संस्कृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताउनु भयो ।

  • १६ भाद्र २०८०, शनिबार १८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित