काठमाडौ कात्तिक १५ । नेपाली कांग्रेसका सभापति गगन थापाले बर्तमान सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढिरहेकाे बताउदै सत्ताको आडमा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यता मिच्ने छुट कसैलाई नहुने बताए ।
साे कुरा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै थापा बताएका हुन ।
सभापति थापाले सरकारका गलत कामकारबाहीप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो चरित्रमाथि प्रश्न उठाउदै विगतमा कांग्रेस गठबन्धन सरकारमा रहँदा सरकारले गरेका गलत कामको विरुद्धमा आफूहरूले सरकारभित्रैबाट आवाज उठाएको स्मरण गराउदै ‘हामी विगतमा गठबन्धन सरकारमा हुँदा पनि सरकारले कुनै नराम्रो काम गरे त्यसको विरुद्धमा प्रस्ट रूपमा आवाज उठाउँथ्यौँ,’ सभापति थापाले भने ‘त्यसबेला रास्वपाका नेता तथा सांसदहरूले ‘कांग्रेसले गल्ती गर्यो, यसको जवाफ दिनुपर्छ’ भन्नुहुन्थ्यो। तर, आज आफ्नै पार्टी संलग्न रहेको सरकारको हकमा चाहिँ यो विषय लागु नहुने हो ?’
सभापति थापले रास्वपाले सरकारका गलत कदमप्रति केवल औपचारिक वक्तव्य निकालेर पन्छिन नमिल्ने बताउँदै नतिजामुखी कदम चाल्न चुनौती दिदै थापाले ‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको बताउदै साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन बोकेर कार्यान्वयनमा लाग्न अनुराेध र आग्रह गरेका छन









