मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया प्रहरीले लागू ओैषध सहित पाँच जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • गुलरिया कातिक १० ।  इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाले मधुवन नगरपालिका वडा नं. ६ बाट लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।

    बर्दिया प्रहरीका अनुसार मधुवन नगरपालिका वडा नं. ६ का गणेश ओली, वडा नं. ५ का माधव भण्डारी, वडा नं. ७ का सन्दीप नेपाली तथा १६ वर्षीय र १८ वर्षीय किशोर रहेका छन् ।इलाका प्रहरी कार्यालय ढोढरीबाट गएको गस्ती टोलीले सन्दीपको साथबाट ४० मिलिग्राम, माधवबाट ३० मिलिग्राम, गणेशबाट २ सय मिलिग्राम र २४ हजार ४ सय २६ रुपैयाँ नगद तथा दुबै किशोरको साथबाट ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार १६:३६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित