मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालिएको अध्यक्ष ओलीको आरोप
  • मार्गरेखा संवाददाता

  • नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा आजदेखि शुरु भएको छ । बुटवलको रामनगरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले दक्षिणपन्थीसँग मिलेर अदालतको बलमा एमालेको सरकार ढालिएको आरोप लगाउनुभएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ईपीजीको प्रतिवेदनको बारेमा कुनै कुरा नउठाएको भन्दै एमाले अध्यक्ष ओलीले देशको स्वाधिनता, भौगोलिक अखण्डता हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यतालाई तलमाथि हुन नदिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले गएको जेठ १७ मा भारतको भ्रमण गर्नुभएको थियो । सम्मेलनको उद्घाटन सत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।

    महासचिव शंकर पोखरेलले देशमा धेरै दल नभइ बलिया दल हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभको छ । त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले सुशासनका कुरा गर्ने प्रधानमन्त्री प्रचण्ड नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाउनुभएको छ । एमालेले मञ्चमा अतिथि नराख्ने निर्णय गरेअनुसार अधिवेशनको उद्घाटन सत्रमा सबैजना दर्शक दीर्घामा रहेका थिए । अधिवेशनमा भाग लिन प्रदेशभरबाट एक हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

  • १६ भाद्र २०८०, शनिबार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित