मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गीतकार नारद पोख्रेलको “नजानेभो हाम्रो दुःख” बोलको गीत सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • ओएस आर डिजिटलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा शुरविर पण्डित, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ । गोविन्द अन्जानले छाँयाङ्कन गरेको भिडियोकोे निर्देशन दिपेन्द्र प्रकाश के.सी. गरेका छन् ।

    मकवानपुरको कुन्छाल गाउँमा छाँयाङ्कन गरिएको भिडियोमा पटक पटक राज्यको व्यवस्था बदलिय पनि आम नेपालीको अवस्था नबदलिएको भन्ने थिमलाई केन्द्रमा राखेर भिडियो तैयार पारिएको निर्देशक के.सी.ले बताए ।

    बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले ग्रामिण भेगमा बसोबास गर्दै आएका आम नेपालीको भावनालाई समेटेर तैयार पारिएको गीत अन्त्यन्त राम्रो भएको प्रतिकृया दिएका छन् । गीतकारको शव्द, संगीतकारको मेहनत र गायकको आवाजले गीतलाई न्याय गरेकाले पनि आम श्रोता दर्शकलाई गीत मनपर्ने प्रमुख अतिथी थापाको भनाई थियो ।

    त्यस्तै कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता मोहन इङनामले भाई बहिनीहरुले अत्यन्त मेहेनत गरी गीत र भिडियो तैयार पारेकोमा खुसि व्यक्त गर्दै यो मेहनतले सफलता पाओस भन्ने शुभकामना दिए । अधिवक्ता इङनामले गीत रेकर्डिङ देखि छाँयाङ्कन सम्म निर्माण टोलिलाई उर्जा थप्न आफु पनि संगै हिडर साथ दिएको बताए ।

    कार्यक्रममा गीतकार नारद पोख्रेल, गायक शिशिर योगी, कलाकार शुरविर पण्डित, कलाकार रश्मि भट्ट, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, उपाध्यक्ष रमेश कोईराला, संगीतकार ज्योति प्रकाश, लगाएतले गीतको सफलताको शुभकामना दिएका थिए ।

  • १८ पुष २०८०, बुधबार २०:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित